आजभोलि अचम्म भएको छ। किर्तिपुर जाने माईक्रो, बस सबै मा जतिखेर पनि सिट पाईन्छ। अफिस समय होस् य अरुबेला, तपाईं पुरानो बसपार्क पुग्नुभो भने सजिलै बस पाउनुहुन्छ किर्तिपुर जानकालागी पनि।
बसपार्कमा उती सारो भिड्भाड पनि देखिदैन। जुलुश जस्तो देखिने भिड हुन्थ्यो, बस या माईक्रोको प्रतिक्षामा, किर्तिपुर जान। गाडि आएपछि चढ्न नसकिने। सिट पाउने त परै जाओस् सजिलो गरि उभिने सम्म ठाउ नहुने। जती बस, माईक्रो भएपनी भिड कम नहुने। अन्तमा, उहि सास्ति सङ उभिनुपर्ने।
सजिलो भएको छ। साच्चै, अचम्म भएको छ। यस्तो पनि त हुदो रैछ नि, आखिर यो कसरि सम्भव भयो त? गाडि थपिएका पनि छैनन्, अनि मानिसहरु कम् भएका पनि हैनन्, बरु थपिएका नै छन्। यसो बिचार गर्दै गएपछि सम्झना भो, अलि दिन अघिदेखि ट्राफिक नियममा अलि कडाइ भएको छ। पक्कै पनि त्यहि कारण हुनुपर्छ।पक्कै पनि त्यहि कारण हुनुपर्छ। निश्चित ठाउमा मात्र गाडि रोक्ने, अनि निश्चित समय भित्र बसपार्क बाट छुटिसक्नुपर्ने जस्ता २,४ वटा नियम पालनामा कडाइ गरिदिने बित्तिकै यति सहज हुदो रहेछ त। मलाइ लाग्छ, बसपार्क-किर्तिपुरको यातयातमा आएको सुधार बसपार्कबाट अरु ठाउसम्मको यातायातमा पनि भएको हुनुपर्छ।
सवारि आबागमनलाइ ब्यवस्थित बनाउने जिम्मेवारि बोकेका ट्राफिक मेरो(कम्तिमा)धन्यबादका पात्र त भएका नै छन्, अझै बढि त, कुनै क्षेत्रका थोरैले पनि जिम्मेवार भएर काम गरिदिने हो भने प्रत्यक्ष-अप्रत्यक्ष रुपमा धेरै सर्बसधारणलाइ सजिलो हुन्छ भन्ने सामान्य तथ्यको पुष्टिका पात्र भएका छन। ट्राफिक प्रहरि प्रति, यस्तै राम्रो पहल जारि रहने आशाका साथ धन्यबाद छ मेरो!
No comments:
Post a Comment